टेक्सस सरकारले मेक्सिकोसँगको सीमामा फौज खटाउँदै

टेक्सस सरकारले मेक्सिकोसँगको सीमामा फौज खटाउँदै
अमेरिका

अमेरिकाको टेक्सस राज्यले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनपछि मेक्सिकोसँगको सिमानामा न्याश्नल गार्डका सदस्यहरूलाई खटाउँदैछ।

गार्डका एकजना प्रवक्ताले आगामी ७२ घण्टाभित्र गस्तीका लागि २५० जनालाई पठाइने बताए।

एरिजोना राज्यले पनि आगामी हप्ता १५० जनालाई खटाउने योजना बनाएको छ।

राष्ट्रपति ट्रम्पले सीमामा प्रस्तावित पर्खालको निर्माण नहुञ्जेल सुरक्षा सुनिश्चित गर्न चार सय सशस्त्र फौज खटाउन चाहेको बताएका छन्।

 

न्यू मेक्सिको र क्यालिफोर्निया राज्यहरूलाई पनि टेक्सस र एजिरोजना जस्तै कदम चाल्न भनिएको छ।

आप्रवासनविरोधी कडा कदम चाल्ने नीति अनुरूप ट्रम्पले शुक्रवार ‘क्याच एण्ड रिलिज’ भनिने पक्रने र छाडिदिने अभ्यास अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका थिए।

Post Comment