थाहा पाइराख्नुस् ! एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँन सक्छ “क्यान्सर”

थाहा पाइराख्नुस् ! एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँन सक्छ “क्यान्सर”
स्वास्थ्य

एटिएमबाट पैसा निकालेपछि तपाईंले लिनुहुने ब्यालेन्स स्लिपले बैंकमा कति पैसो छ भन्ने जानकारी दिन उपयोगी त हुन्छ तर यसले स्वास्थ्यमा नराम्रो असर पनि पार्छ भन्नेमा विचार पु-याउनु जरुरी हुन्छ ।

यसले क्यान्सर जस्तो भयानक रोग पनि निम्त्याउँछ । कन्नुर विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अनुसन्धाताहरूले एटिम कागजमा हुने एस्ट्रोजन रिसेप्टर एगोनिस्टले पुरुषहरूको हर्मोनमा परिवर्तन ल्याएर क्यान्सर लगायतका रोग लगाउने कुरा पत्ता लगाएका छन् ।

ब्यालेन्स स्लिप केही समयसम्म हातमा खेलाउँदा यसमा भएका रसायन हातमा सरेर क्यान्सरको सम्भावना बढाउने कुरा अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । यस्तो स्लिप बनाउन थर्मल प्रिन्टरको प्रयोग हुन्छ र बिपिए नामक केमिकल लगाइन्छ जसका कारण यो पातलो र चिप्लो हुन्छ । यो रसायनले शरीरलाई धेरै हानि पु-याउँछ । टाइम्स अफ इन्डिया 

Post Comment