एनआरएन अमेरिकाको साधारणसभा सफल बनाउन मूल आयोजक सहित विभिन्न समिति गठन

एनआरएन अमेरिकाको साधारणसभा सफल बनाउन मूल आयोजक सहित विभिन्न समिति गठन
समाचार

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गर्नुभएका गैरआवासिय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना हुन लागेको बौद्धिक भेला तथा NRNNCC USA को साधारण सभा सफल वनाउन क्षेत्रिय संयोजक गैारीराज जोशीको संयोजकत्वमा मूल अायोजक समिति का साथै, प्रभावकारी ब्यबस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ । अमेरिकाज क्षेत्रिय संयोजक गैारीराज जोशीले दिएको जानकारी अनुसार मूल समितीलाई अाबश्यक मार्गदर्शन गर्न  डा अम्बिका अधिकारी , खगेन्द्र जिसि ,डा यादव पण्डित,हरिबोल भण्डारी,रतन झा,डा द्रोण रसाइली,डा लक्ष्मी पाठक , डा अमोद पोखरेल , डा पुरु श्रेष्ठ सम्मिलित सल्लाहकार समिति गठन भएको छ।

त्यसै गरि सम्मेलनमा पेश गरिने कार्यपत्र तथा शोधपत्र हरुको रिभ्यु र सम्मेलनको अन्त्यमा जारी गरिने श्वेतपत्रको प्रकाशनका लागि डा रुद्र अर्यालको संयोजकत्वमा ई सतिश त्रिपाठी ,डा देशराज सोनयोक,भिम कार्की , डा कृष्णहरी गौतम क्यानडा , डा तरा सिग्देल , डा तेया बराल , डा बसन्त ढुंगाना रहेको  सार समीक्षा तथा श्वेत पत्र प्रकाशन समिति पनि गठन भएको छ।

बिज्ञ सम्मेलनलाई प्रभावकारी ब्यवस्थापनका लागि गैारी जोशी को संयोजकत्वमा डा केशव पौडेल , गोपिकृष्ण काफ्ले , गणेश गुरुग , दुर्गा अर्याल , नविन शेरचन , कुन्गा शेर्पा , प्रमिला बस्नेत , डिल्ली भट्टराई , राजन त्रिपाठी ,बेद बस्नेत , बिजय घिमिरे , उमा कार्की , बिआर लामा , बिनोद तिवारी रहनु भएको स्टेरिंग कमिटी पनि गठन गरिएको छ।

त्यस्तै गैारी जोशीको संयोजकत्वमा गठित मूल आयोजक कमिटीमा एनआरएन अमेरिकाज् क्षेत्रका सँपूर्ण पदाधिकारीहरु, NRNA ICC का बिभिन्न टास्कफोर्सका नियुक्त अध्यक्ष उपाध्यक्ष ,NRNA NCC of USA का अध्यक्ष डा केशव पौडेल लगायत कमिटीका सम्पूर्ण पादाधिकारिहरु, एनआरएन अमेरिका क्यालिफोर्नीया च्याप्टरका अध्यक्ष लगायत सम्पूर्ण पादाधिकारिहरु, सल्लाहकारहरू उत्तम कार्की , कृष्ण कोइराला , टिका चौधरी , डेण्डी शेर्पा बरिष्ठ समाजसेवी भक्त थापा , धनन्जय नरसिहं केसी , इश्वर सापकोटा तथा संघसंस्था का प्रमुखहरु  उत्तम कार्की(WANA) , रविन्द्र राई(NANC) , रजेन थापा(Lions International District 4C3) , गंगा केसी(-Sunny Sagarmatha Samaj) सुवास थापा (Creative Nepal Youth Club) , कुमार दोंग(Tamang Cooperation Society,) , देबि किरांती(-Janajati Mahasangh) , निर्मल फुयांल(Lions Clubs) , डिकेन्द्र मास्के(Everest Club),दुर्गा दाहाल(Global Culture Network,)  , टिका सुबेदी(NSC,) ,तारा बराल(NAFCA) , मणि नेपाली पनेरु(NAGC) , सुस्मितासिजापति (NWGN ) र उद्धव केसी(The White Zone)हुनुहुन्छ|

त्यसैगरी क्षेत्रिय उप संयोजक नबिनशेरचनको संयोजकत्वमा निम्न ब्यक्तिहरु सम्मिलित संयुक्त आर्थिक संकलन कमिटी गठन भएको छ |
ॠषि  ढकाल , बेद बस्नेत , सुनिल साह , डा प्रकाश अर्याल , सुरेश पोखरेल , सिके पराजुली , उत्तम कार्की , चन्द्र अधिकारी , अभिमन्यु बस्नेत , रबिन्द्र कार्की , शशि अधिकारी , रामबाबु पाण्डे, नारायण पुरी , होम गौतम , पुर्ण शेर्पा , डेण्डी शेर्पा , इश्वर सिटौला , चन्द्र धिताल, हरिहर दाहाल र रेखा उप्रेती  हुनुहुन्छ ।

त्यसका अलवा आवश्यकता अनुसार थप अन्य समिति र उपसमिति पनि गठन गरिने छ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा पहिलोपटक यो भेला अमेरिकमा हुन लागेको हो । यस भेलाबाट छनैाट भएका शोधपत्र र कार्यपत्र हरुलाई अागामी अक्टोबर महिनामा नेपालीमा हुने ग्लोबल सम्मेलनमा समाबेश गरिने छन। गैर आवासिय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले हालै काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा हुने विज्ञ सम्मेलन अघि क्षेत्रिय स्तरमा हुन लागेका यी सम्मेलन महत्वपुर्ण भएको वताउनुभयो ।

विदेशमा रहेर विभिन्न विज्ञता हासिल गरेका नेपाली र नेपाल प्रति चासो राख्ने विदेशी विज्ञहरुसग तादाम्यता गरी नेपालमा अध्ययन, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुर्याउने उद्देश्यले यो कार्यक्रम लागिएको हो ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत बैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासिय नेपाली सहभागी हुनुहनेछ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासिय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।

अहिलेसम्म प्राप्त प्रतिकृयाले उत्साहित वनाएको छ , जोशीले भन्नुभयो : “हामी सकेसम्म यस क्षेत्रमा वस्नुहुने आफ्नो क्षेत्र र विषयमा दक्ष बौद्धिक व्यक्तित्वहरु यस कार्यक्रममा सहभागिता होस भन्ने चाहान्छौं ।”   नेपालवाटपनि सरकारका उच्च अधिकारी कार्यक्रममा आउनुहुनेछ यसले गर्दा यो सम्मेलन विदेशमा वस्ने बौद्धिक बर्गलाई नेपालसंग कसरी जोड्न सकिन्छ उपायहरु खोज्ने थलो पनि हुने उहाँको भनाई छ ।

एनआरएन आईसीसी सदस्य तथा बिज्ञ सम्मेलनका कन्भेनर डिल्ली भट्टराई भन्नुहुन्छ:- “सृजना र आविष्कारका लागि कहलिएको क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा हुन लागेको बौद्धिक भेलाप्रति हामीहरु निकै उत्साहीत भएका छौं ।”  क्यालिफोर्नियामा पनि थुप्रै क्षेत्रमा स्थापित नेपाली बौद्धिक बर्ग हुनुहुन्छ उहांहरुले पनि यस भेलाका लागि हौसला वढाईरहनु भएको छ उहाँले भन्नुभयो । 

चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि वौद्धिक बर्गसंगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ठ अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुनेछ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रिय पदाधिकारीपनि सहभागी हुनुहुनेछ ।

Post Comment