३१ साउन, काठमाडौं । विश्वकका तीव्र गतिका जमैकन धावक उसेन बोल्टले रियो ओलम्पिकको १०० मिटर दौडमा स्वर्ण जितेर इतिहास बनाएका छन् । यो स्वर्ण जित्ने क्रममा उनले अमेरिकी जस्टिन ग्याटिलिनलाई पछि पारे । बोल्टले निर्धारित दुरी ९.८१ सेकेन्डमा पुरा गरेका थिए ।
यससँगै उनले १०० मिटर दौडमा लगातार तीन ओलम्पिकमा यो सफलता हात पारेका छन् । २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा उनले स्वर्ण जितेका थिए । साथै उनको यो सातौं ओलम्पिक स्वर्ण हो ।बोल्टको लक्ष्य रियोमा थप दुई स्वर्ण रक्षा छ । २०० मिटर र ४ गुणा १०० मिटरको स्वर्णमा हृयाट्रिक गर्ने उनको लक्ष्य छ । १०० मिटर दौडमा विश्व कीर्तिमान उनकै नाममा छ । उनले २००९ को वल्र्ड च्याम्पिय नसिपमा ९.५८ सेकेन्डमा दुरी पुरा गरेका थिए ।