बलीउडकी बोल्ड अभिनेत्री उपनामले चिनिने मल्लिका शेरावतले भारतमा बढ्दै गएको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले बढ्दो बलात्कारका घटनाप्रति इंगित गर्दै भनिन् ‘भारत महात्मा गांधीको देशबाट सामूहिक बलात्कारीको देश बनेको छ । मलाई लाग्छ- आज भारतमा महिला र बच्चाप्रति जे भइरहेको छ, त्यो अत्यन्त घृणित र लाजमर्दो हो ।’
मल्लिका छिट्टै नै नयाँ एक अन्तर्राष्ट्रिय स्तरको शो ल्याउने तयारी गर्दैछिन् । उनले बुधबार दास देवको विशेष स्क्रीनिंगको अवसरमा उक्त कुरा बोलेकी हुन् । उनले भारतलार्इ गांधीको भूमिबाट दुष्कर्मीको भूमि हुनबाट जोगाउने जिम्मा पत्रकार तथा मिडियाको पनि भएको बताएकी छन् ।