दर्शक श्रोताको रोजाईमा ‘मन परेको फुल’ (भिडियो सहित)

दर्शक श्रोताको रोजाईमा ‘मन परेको फुल’ (भिडियो सहित)
मनोरन्जन

काठमाण्डौ । रोमान्टिक लोक दोहोरी गित ‘मन परेको फुलैपो झर्छकी’ यतीबेला डिजिटल बजारमा छ । लोकपृय गायक प्रकाश पुरी र बहुचर्चीत गायिका गीतादेवीको सुमधुर आवाजमा सजिएको यस गितमा उत्कृष्ट शब्द लेख्नमा माहीर सर्जक महेश नेपालको शब्द र गायक प्रकाश पुरीको लय रहेको छ । निरुता केसी र रन्जना अधिकारीको संयुक्त कोशेलीको रुपमा आएको यस गित मौलिक लयमा बनाईएको निर्माण पक्षले जनाएको छ ।

युटुबमा भ्युअर्सको संङ्ख्या बढ्दो क्रममा भएको पाईएको छ । प्रतिभा म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी र एलिना देउजाको जिवन्त अभिनय र नृत्य देख्न सकिन्छ । भिडियोको निर्देशन सञ्जिव ठकुरीले गरेका हुन ।

Post Comment