न्युयोर्कमा नेपाली संगीत विद्यालय , ज्याकसन हाईट्समा ‘सरगम नेपाल’

न्युयोर्कमा नेपाली संगीत विद्यालय , ज्याकसन हाईट्समा ‘सरगम नेपाल’
मनोरन्जन

नेपाली गीतसंगीतको सम्बर्धन र विकासका लागि न्यूयोर्क निवासी नेपाली कलाकारहरूले न्यूयोर्क ज्याकसन हाईट्समा ‘सरगम नेपाल’ नामक संगीत विद्यालयको सुरूवात गरेका छन् ।

नेपालका ख्यातिप्राप्त गायक गायिका अनि संगीतकर्मीद्वारा संचालित ‘सरगम नेपाल’मा चिरपरिचित गायिका सपना परियार र चिरपरिचित गायक जगदीश समालले भोकल क्लास, संगीतकर्मी शिशिर श्रेष्ठले गितार क्लास र सक्रिय रिदमिस्ट (मादल, तबला, ढोलक, खिं र ढिमे) न्हुछें डंगोलले रिदम् क्लास लिनेछन् ।

प्रवासमा रहेर पनि नेपाली संगीतमा केही गर्नुपर्छ भनेर नेपाली संगीतलाई माया गर्ने संगीतकर्मी गायक तथा संगीतकार ओम कर्माचार्य र गायक दिकेश प्रजापति संचालक हुन् । अर्का सञ्चालक न्युयोर्कस्थित एक मात्र नेपाली रेकर्डिंग स्टुडियो ‘ओम मेगा’का संचालक संगीतकर्मी ओम कर्माचार्य हुन् ।

Post Comment