गैह्र आवासीय नेपाली संघ, केन्द्रिय समन्वय समिति अमेरिकाको इलिनोइ च्याप्टरले आगामी अगष्ट २३ २०१६ का दिन फोर्ब्स पत्रिकामा उल्लेखित नेपालको प्रथम तथा एकमात्र खर्बपति उद्यमी श्री बिनोद चौधरी संग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।
“मिट एंड ग्रीट विथ बिनोद चौधरी” नाम दि इएको उक्त कार्यक्रम सिकागो नजिकै रहेको इभान्स्टन सवअर्बको पब्लिक लाइब्रेरीमा साँझ ५ देखी ७ बजे सम्म हुन लागेको कुरा एन.आर.एन.ए. इलिनोइ च्याप्टरका सचिब सत्यनारायण चौधरीले जानकारी गराउनु भयो ।
इलिनोइ राज्यमा रहेका बिभिन्न पेशा, बर्ग र समुदाय संग सम्बद्ध नेपाली समुदाय संग अन्तरक्रिया गर्ने उद्धेश्यले गर्न लागिएको उक्त कार्यक्रममा बिनोद चौधरीले एउटा सामान्य अबस्थाबाट सफल उद्योगपति सम्म आइ पुग्दाको आफ्ना अनुभवहरु साट्नु हुनेछ । सो अबसरमा उहाँद्वारा लिखित पुस्तकहरु “मेकिङ्ग इट बिग” र “बिनोद चौधरी: आत्मकथा” नामक पुस्तकहरु पनि उपलब्ध गराइने छ ।