अमेरिकाले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे घोषणा गर्दै छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे मंगलवार साँझ घोषणा गर्ने बताएका हुन् ।
सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई उक्त सहमतिबाट पछि नहट्न भनिरहेका छन् ।
लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन् ।
फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन् ।