चीनका राष्ट्रपति सी चिनफिङ विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति बनेका छन् ।
गत मार्चमा सम्पन्न चिनियाँ जनकंग्रेसको बैठकपछि सी माओपछिकै शक्तिशाली चिनियाँ नेता बनेका थिए ।
फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली ७५ जना व्यक्तिको सूचीको दोस्रो स्थानमा रुसी राष्ट्रपति पुटिन झरेका छन् ।
सो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो र जर्मन चान्सलर एञ्गेला मर्केल चौथो स्थानमा छन् । मर्केल एक दशकसम्म शीर्ष १० स्थानमा पर्दै आएकी छन् ।
त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सूचीको नवौं स्थानमा पर्न सफल भएका छन् । उनले फेसबुकका संस्थापक मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाईसमेत पछि पारेका छन् ।
भारतका धनाढ्य मुकेश अम्बानी सो सूचीको ३२औं स्थानमा छन् ।
उत्तर कोरियाली शासक किम जोङ उनले ३६औं स्थान प्राप्त गरी दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पछि पारेका छन् ।
फोर्ब्सले पृथ्वीका करिब साढे ७ अर्बभन्दा बढी मानिसमध्ये ७५ व्यक्तित्वहरुको प्रभाव सबैभन्दा बढी रहेको जनाएको छ ।