ईश्वर तिनपाने लिएर बजारमा, जानुकाले दिईन साथ (हेर्नुहोस भिडियो)

ईश्वर तिनपाने लिएर बजारमा, जानुकाले दिईन साथ (हेर्नुहोस भिडियो)
मनोरन्जन

महेश नेपाल, काठ्माण्डौ । सुन्दर जिल्ला सिन्धुपाल्चोकको चौतारामा जन्मिएका ठिटो हुन ईस्वर सापकोटा । जसले लोक गित संगितलाई असाध्यै माया गर्छन । एक दशक अगाडि देखि लोक तथा दोहोरी गित गायन क्षेत्रमा प्रवेश गरेका उनले हाल सम्म ६ वटा गित गरेका छन । संख्यात्मक भन्दा पनि गुणात्मक गित गर्नुपर्छ भन्ने मान्यता राख्ने उनले हाल सम्म गाएका गितहरुमा: फुल्यो बेलि जाई, चाइना बोर्डर, सम्झे मुटु खान्छ, ढांट्यो मायाले, झल्को आउँछ र हालसालै बजारमा आएको गित ‘तिनपाने’ रहेको छ ।

आफ्नै लय/शब्द र स्वरमा तयार भएको यस गितमा महिला आवाजमा भने जानुका थापाले साथ दिएकी छीन । यस गितको म्युजिक भिडियोको निर्देशन प्रबिन थापाले गरेका हुन भने छायांकन शक्ति प्रज्ज्वल घिमिरेको रहेको छ । यस गितमा एसके दाहाल र करिष्मा ढकालको जिवन्त अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो:

Post Comment