नियतवश आक्रमण भएको भन्दै ट्रम्पद्धारा छानविन गर्न निर्देशन

नियतवश आक्रमण भएको भन्दै ट्रम्पद्धारा छानविन गर्न निर्देशन
अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनका बेला भएको चुनावी प्रचार प्रसारका क्रममा आफूमाथि राजनीतिक उद्देश्यले नियतवश आक्रमण भएको आशंकामा छानबिन गर्न निर्देशन दिएका छन् ।

ट्रम्पको चुनावी अभियानमा रुसी संलग्नता खोज्दै अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले विभिन्न छानबिन जारी राखेको छ ।

यस्तो छानबिन कुनै राजनीतिक अभिष्ठ पुरा गर्न पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनबाटै निर्देशित भएको ट्रम्पको आशंका छ ।

यही आशंका मेट्न ट्रम्पले सरोकारवाला निकायलाई छानबिनको आदेश दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले हिजो ट्वीट गर्दै एफ्बिआईको भूमिका शंकास्पद रहेकाले छानविन गर्न न्याय विभागलाई आग्रह गरेका हुन् ।

यसका लागि आज आधिकारिक रुपले उजुरी दर्ता गराउने ट्रम्पको योजना छ ।

Post Comment