डिट्रोएट, विहिबार दिउसो १० महिने बालिकाको दुर्घाटनावस आफ्नै आमाले चलाएको कारले ज्यान लिएको छ । बालिकाको आमाले कारलाई धुनका लागि तयारी गर्दै कारलाई अलि कती आगाडी बडाउदा उक्त घटना हुन पुगेको हो ।
भर्खरै पाइला चाल्न थालेकी बालिका माथि आमाको ध्यान नपुगेको र बालिका पनि कारको अगाडीबाटै हिडेको हुनु पर्ने कुराको जानकारी डिट्रोए पोलिस अफिसर निकोले किर्कउडले दिए । घटना विहिबार सांझ ६:३० बजे आफ्नै घर आगाडी भएको थियो ।
“यो केवल एक भयानक , दुःखद दुर्घटना हो” किर्कउड थपे ।
बालिकलाई एम्बुलेन्स मार्फत स्थानिय हस्पिटल लागिएको थियो र पुग्ने बितिकै मिर्त घोषणा गरिएको थियो ।
किर्कउडले घटना पूर्व बालिका घर पछाडी अरु बच्चाहरु र वयस्कसँग खेलिरहेको कुरा वताए ।
अझै पनि आमालाई आपराधिक मुद्दा लगाउने व नलागाउने बारे कुनै खबर नभए पनि घटनाको अनुसन्धान चलिरहेको छ ।