डालासमा नेपथ्यको पहिलो कन्सर्ट

डालासमा नेपथ्यको पहिलो कन्सर्ट
मनोरन्जन

 हेनरी फोर्डले १९१४ मा यसै स्थानमा मोटरकार कारखानास्थापना गरेका थिए । दोश्रो विश्वयुद्धताका यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए ।

यसपाला भने अमेरिकाको डालास शहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजनाथलो बन्नपुगेको छ ।

सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरी पुनःनिर्माण गरेपछि यो संभव भएको हो । यो त्यही थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’ काडन हेनलीले आफूलाई प्रस्तुत गरिसकेका थिए ।

‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महानकलाकारहरुले आफूलाई उभ्याएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो’ कन्सर्ट सकिनेबित्तिकै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘हामी यीदुवै गायकहरुलाई सुन्दै हुर्केका हौं र आज पनि मेरो मनमा उत्तिकै सम्मान छ ।’

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो ।

‘दुई घन्टाको कार्यक्रमभरि एक निमेष पनि मैले अरु कुराबारे सोच्नै पाइँन र पूरै कन्सर्टमै केन्द्रित भएछु’ पाइलट अध्ययनका निम्ति अमेरिका बसोबास गर्दैै आएका दीक्षान्त राणाले भने, ‘मेरो जीवनकै यो सबैभन्दा छोटो दुई घन्टा बन्न पुग्यो ।’

कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो । त्यसलाई ब्याण्डको एक पछि अर्को सदाबहार र नयाँअल्बमकागीतहरुले निरन्तरता दिएर दर्शकलाई सँधैजस्तै बाँध्न सफलभएको थियो ।

‘नेपथ्यले आज मलाई घरको याद दिलायो’ १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दै आएकी दीक्षा भट्टले भनिन्, ‘गीतहरु सुन्दा रमाइलो थियो नै र कार्यक्रम हेरेपछि चाहिँ घर फर्केर देशकै निम्ति केहि गरौं भन्ने भावना बढेको छ ।’

कार्यक्रम अघि बढिरहेकै क्रममा गायक अमृतले आफ्नो यात्राका वर्णनहरु सुनाउँदै दर्शकहरुलाई पनि नेपालका गाउँघरको भ्रमण गर्नका निम्तिउत्साहितपारेका थिए । यो मौकाको उपयोग गर्दै उनले निकै कठिनाइपछि प्राप्त भएको स्थायित्वकायम राख्नरमुलुकलाई विकासको बाटोमा अघि बढाउन नेताहरुलाई अनुरोध गरेका थिए ।

डालासको यो प्रस्तुती ब्याण्डले लामो समयको प्रतिक्षापछि सम्पन्न गर्न सकेको हो ।

डालासमा भब्य एवं सफल प्रस्तुतीसँगै ब्याण्ड अब पूर्व किनारमा रहेको अमेरिकी शहर बोस्टनतर्फ लाग्नेभएको छ । त्यस शहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखकादिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ ।

Post Comment