प्रचण्डविरुद्ध राष्ट्रपतिमा म उठ्छु: रेखा थापा

प्रचण्डविरुद्ध राष्ट्रपतिमा म उठ्छु: रेखा थापा
मनोरन्जन

नायिका एवम् राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापाले मुलुक ढिलो चाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएकी छिन् ।

शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले यस्तो बताएकी हुन् ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि चुनाव उठे प्रचण्डको विरुद्धमा आफूले उम्मेद्धवारी दिने समेत नायिका थापाले उद्धघोष गरिन् ।

उनले भनिन्,”प्रचण्डसँग राष्ट्रपतिय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मै हुन्छु, म उहाँको विरुद्धमा मैदानमा उत्रिन्छौं, प्रचण्डलाई टक्कर दिने म नै हुँ ।”

Post Comment