२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुन एक दिनअघि स्पेनिस फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी पाएका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन्।
तत्कालिन प्रशिक्षक बर्खास्तगीमा परेपछि हिइरोले स्पेनको प्रशिक्षको जिम्मेवारी पाएका थिए। हिइरोको प्रशिक्षणमा समूह चरणमा पार गरेको स्पेनको यात्रा अन्तिम १६ मै रोकिएको थियो। अन्तिम १६ मा स्पेनलाई आयोजक रसियाले पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। सन् २०१० को च्याम्पियन अन्तिम १६ बाटै बाहिरिएपछि हिइरोले जिम्मेवारी त्यागेका हुन्।
प्रशिक्षक बन्नुअघि हिइरो स्पेनिस टिमका स्पोर्टिङ निर्देशक थिए। अब यो पदमा पनि उनी नफर्कने भएका छन्।
यसअघि विश्वकप सुरु हुनु एक दिन अघि स्पेनले प्रमुख प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त भएका थिए।
स्पेनिस फुटबल महासंघले ५१ वर्षीय जुलेनलाई बिना जानकारी स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक बनेको भन्दै बर्खास्त गरेको थियो। रियल म्याड्रिडले जुलेनलाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको थियो। उनले विश्वकपपछि रियल म्याड्रिडको प्रशिक्षक सम्हाल्ने गरी ३ वर्षको सम्झौता गरेको बताइएको थियो।
रियलको प्रशिक्षक बनेको विषयमा फुटबल महासंघलाई जनाकारी नदिएपछि जुलेन राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्तगीमा परेका हुन्।
जुलेन सन् २०१६ मा स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए। भिसेन्ट डेल बोसक्युले राजनीमा दिएपछि उनी प्रशिक्षकमा नियुक्त भएका थिए।