श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश

श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश
मनोरन्जन

मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी छिन् । चीनको सान्यामा भईरहेको मिस वर्ल्ड २०१८ को मल्टिमिडिया अवार्डमा जित हात पार्दै श्रृंखला टप ३० अर्थात मिस वर्ल्ड २०१८ को फाइनलमा प्रवेश गरेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि श्रृंखलाले मल्टिमिडिया अवार्डमा जित हात पारेकी हुन् ।

मल्टीमिडियाको टप ५ मा नेपाल सहित केन्या, चीन, पोर्टो रिको र बेलायत परेका थिए । जस मध्य नेपाल, केन्या र मेक्सिकोले फाइनलिस्ट बनेका थिए । तीन फाइनलिस्ट मध्य केन्या र मेक्सिकोलाई पछी पार्दै नेपालले मल्टिमिडिया अवार्ड जितेको हो । भोटको आधारमा पनि श्रृंखलाले अन्य प्रतिस्पर्धीहरुलाई पछी पारेकी थिईन् । श्रृंखलाले मल्टिमिडिया अवार्डमा ३५.११ प्रतिशत भोट पाएकी थिईन् । मल्टिमिडिया अवार्डमा जित हात पार्दै श्रृंखला मिस वर्ल्डको फाइनलमा प्रवेश गर्न सफल भएकी हुन् । मिस वर्ल्डको फाइनल डिसेम्बर ८ मा हुनेछ ।

Post Comment