‘यस वी क्यान’ अर्थात् ‘हो, हामी सक्छौँ’ को अर्थ हजारौँ अमेरिकी नागरिकहरुले सम्झिरहेका छन् ।
प्रमाणस्वरुप ‘प्यु रिसर्च सेन्टर’ले यसै साता सार्वजनिक गरेको सर्भेले यस्तै तथ्य बाहिर ल्याएको छ ।
सर्भेअनुसार अमेरिकी नागरिकले आफ्नो जिन्दगीमा देखे भोगेको राष्ट्रपतिमध्ये वाराक ओवामा सबैभन्दा उत्कृष्ट रहेको देखाएको छ । ४४ प्रतिशत नागरिकले अाेवामाले सबैभन्दा उत्कृष्ट काम गरेको बताएका छन् ।
उनलाई पछ्याउँदै पूर्व राष्ट्रपति बिल क्लिन्टन ३३ प्रतिशत र अर्का रोनाल्ड रेगन ३२ प्रतिशतमा रहेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ज्यादै कम अर्थात् १९ प्रतिशतमा थन्किएका छन् ।
सर्भेमा दुई हजार दुई जनालाई टेलिफोनमार्फत् पहिलो र दोस्रो छनोट भन्दै प्रश्न गरिएको रिसर्च सेन्टरले जनाएको छ ।
२२ देखि ३७ वर्ष उमेर समूहका ६२ प्रतिशत नागरिकले पहिलो र दोस्रो छनोट नै बाराक ओवामा रहेको बताएका थिए । ५४ देखि ७२ वर्ष उमेर समूहका ४२ प्रतिशत, र ७३ देखि ९० वर्ष उमेर समूहका ३८ प्रतिशतले रोनाल्ड रेगनका नाम लिएका थिए ।
३८ देखि ५३ वर्ष उमेर समूहकाले ४५ प्रतिशत रेगन, ४१ प्रतिशत ओवामा र ३९ प्रतिशतले क्लिन्टनको छनोट गरेका थिए ।
पार्टीगत रुपमा हेर्दा ५७ प्रतिशत रिपब्लिकन समर्थकहरुले रोनाल्ड रेगनको नाम पहिलो छनोटमा लिएभने उनलाई पछ्याउँदै डोनाल्ड ट्रम्पको पक्षमा ४० प्रतिशतले छनोट गरे ।
डेमोक्र्याट समर्थकहरुले सबैभन्दा धेरै अर्थात् ७१ प्रतिशतले बाराक ओवामा, ४९ प्रतिशत बिल क्लिटन र जाने एफ. केनेडी १४ प्रतिशतमा रहेका थिए ।
सर्भेअनुसार सबैभन्दा उत्कृष्ट काम गर्ने राष्ट्रपतिहरुः
१. बाराक ओवामाः ४४ प्रतिशत
२. बिल क्लिन्टनः ३३ प्रतिशत
३. रोनाल्ड रेगनः ३२ प्रतिशत
४. डोनाल्ड ट्रम्पः १९ प्रतिशत
५. जर्ज डब्लु बुशः १४ प्रतिशत
६. जोन एफ केनेडीः १२ प्रतिशत
७. जर्ज एच डब्लु बुशः १० प्रतिशत
८. जिम्मी कार्टरः ४ प्रतिशत
९. ड्विट इसेनहोअरः २ प्रतिशत
१०. जेराल्ड फोर्डः १ प्रतिशत
११. रिर्चाड निक्सनः १ प्रतिशत
१२ लिन्डन जोनसनः १ प्रतिशत
१३ः ह्यारी ट्रुम्यानः १ प्रतिशत
१५. फ्र्याक्लिन रुजबेल्टः १ प्रतिशत
सीएनएनबाट