नेपाली चलचित्रमा नारीलाई शक्तिशाली भुमिकामा देखाउने श्रेय रेखा थापालाई जान्छ । उनका पछिल्ला फिल्महरु नारी प्रधान छन् । चाहे काली, हिम्मतवाली वा रुद्रप्रिया । नेपाली फिल्म नायकहरुको स्टारडमलाई चिर्दै रेखा थापाले नारी पात्रलाई स्थापित गराएकी हुन् भन्नेमा दुुइ मत छैन् । रेखाले निर्देशन गरेको पछिल्लो फिल्म मालिका लक्ष्मी पुजामा रिलिज हुँदैछ । सोही फिल्म एउटा गित केही दिन अघिमात्रै युट्युव रिलिज भयो ।
हल्का माया के माया गाढा लगाउने
नजिक माया छदैं छ टाढा लगाउने
उक्त गीतमा सुरेश अधिकारीको संगीतमा नर कार्कीको शब्दलाई अन्जु पन्तले सुमधुर स्वरमा गाएकी छन् । करिब १२ दिन लगाएर जाजरकोटमा छायाँकन गरिएको गीतको शब्दका भावहरु मन छुने छन् । उक्त गीतमा पश्चिमको कला संस्कृतिलाई देखाइएको छ । अझ रोचक के छ भने रेखा बाहेक अन्य सबै स्थानिय बासी हुन् जो व्यावसायिक नृत्य गर्दैनन् ।
हामीले फिल्म व्यापारका लागि बनाएका हैनौं, कार्यकारी निर्माता नर कार्की भन्छन्: सुदुरपश्चिमका ५ लाख भन्दा बढि चेलीको यथार्थलाई फिल्म मार्फत देखाउन खोजेका मात्रै हौं ।
उनले युट्युवमा गीत चल्दैमा फिल्म र कलाकार हिट हुने नचल्दैंमा फल्प भन्नु गलत रहेको तर्क गरे ।
उक्त गितले चार दिन सम्म २ लाख समेत भ्युज कटाएको छैन ।
गितले युट्युवमा भ्युज नपाएकै कारण रेखाको स्टारडमलाई जोडिनु भने स्वभाविक हुँदैन । भ्युजले कलाकारको हैसियतको मापन पक्कै गर्दैन । भिडियोमा दर्शकहरुले दिएको प्रतिक्रयाले पनि गितको मर्मलाई प्रष्टाउँछ ।
युट्युवमा ट्रेलर, गीतको भ्युज बढाउनलाई कुनै कठिन छैन् । तर कलाकारले आफ्नो स्टारडम बनाउन र यथावत राख्न गरेको मिहेनतलाई नजरअन्दाज गर्नु हुदैन ।
[youtube https://www.youtube.com/watch?v=ahMs-S2sFxU]
युट्युवमा ट्रेलर, गीतको भ्युज बढाउनलाई कुनै कठिन छैन् । तर कलाकारले आफ्नो स्टारडम बनाउन र यथावत राख्न गरेको मिहेनतलाई नजरअन्दाज गर्नु हुदैन ।
आजभोली भ्युज किन्ने र बेच्ने प्रतिस्पर्धा छ । भ्युज किनेर पाइन्छ तर स्टारडम किनेर पाइदैन । युट्युवमा ट्रेन्डिङका लागी मरिमेट्नेहरुले बुझ्न जरुरी छ कि स्टाटरडमको निर्धारण डलरमा खरिदेको भ्युजले गर्दैन ।
युटुयुवमा केही डलर खर्चेर भ्युज कमाएकै आधारमा फिल्मले चर्चा कमाउने भए , कलाकार स्टार हुने भए आज धेरै अनुहार स्टार अनि सुपरस्टार बन्ने थिए।
फिल्ममा रेखा संगै कमला ओली मुख्य भुमिकामा छिन् ।