अमेरिका भ्रमणमा रहेका नेपाल सकारका अर्थमन्त्री डा युवराज खतिवडासंग अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदूतावासको समेत सहकार्यमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आफ्नो भ्रमणको उदेश्यका बारेमा प्रकाश पार्दै अर्थ मन्त्री डा खतिवडाले नेपाल सरकारको आर्थिक नीतिका बारेमा सरोकारवाला दाताहरूसंग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवस्यक सहयोगको जानकारी र अनुरोध गरेको बताए ।
सो अवसरमा पत्रकारहरूले सोधेको प्रश्नमा जानकारी दिदै डा खतिवडाले भने, ‘नेपालको दिगो विकासका लागि सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरूलाई प्रस्तावित नीति तथा कार्यक्रमहरूमा जानकारी गराईएको छ ।’
तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको जानकारी गराएका थिए ।