अमेरिकाको शिकागोमा विभिन्न सांगीतिक कार्यकर्महरू गर्दै आएको तरंग इण्टर्मेण्ट इनकले अमेरिकाकै टेक्सासमा रहेको द वेल ब्याण्डको सहकार्यमा काठमाडौंमा सांगीतिक कन्सर्ट गर्ने भएको छ ।
सेप्टेम्बर २९, २०१८ मा काठमाडौंको टंगालस्थित टंगाल वुड प्रेमिसासमा आयोजना हुने उक्त कार्यक्रमको नाम द काठमाडौं ब्लुज् एण्ड रुट ३ रहेको छ ।
सांगीतिक कार्यक्रममा मुक्ति रिभाइबल नवाज स्पिण्ट एक्स, टिएमआर ट्राइओ र टेक्सासको द विल ब्याण्ड्को प्रस्तुतिले दशैको पूर्वसन्ध्यामा काठमाडौंलाई सांगीतिक प्रस्तुति दिइनेछ ।
कार्यक्रममा अनलाइन ब्याण्ड प्रतियोगितामा सम्मिलित भई आयोजना गरेको बिजेताले समेत प्रस्तुति दिने छन् । ब्लु, ट्रेडिसनल रिलेटेड हुने आयोजक किरण व्यन्जनकारले बताए ।
नेपाली संगीतमा उदाउन खोजेका र स्टेज पाउन नसेकाहरूलाई समेत अवसर उप्प्लब्ध गराउने योजना आयोजकको छ ।
नेपालका ख्यातीप्राप्त ब्याण्डहरू अमेरिकाको नयाँ ब्याण्डहरूको सामूहिक प्रस्तुतिले काठमाडौं संगीतमय बन्नेछ ।