उत्तर कोरियाली नेताले भने–‘क्षेप्यास्त्र परीक्षण ठूलो सफलता

समाचार

Kim-Jong

भदौ १०। उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् ।

उनले बुधबार भने–‘उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।’

बुधबारको सो परीक्षणको सफलताले अब उत्तर कोरियाको क्षेप्यास्त्रको तारो अमेरिका र दक्षिण कोरिया भएको आसय पनि उनले व्यक्त गरेको उत्तर कोरियाली समाचार समिति ‘केसीएनए’ले जनाएको छ ।

उत्तर कोरियाले बुधबार यस्तो क्षेप्यास्त्र देशको उत्तरी बन्दरगाह सिन्पोमा गरेको थियो । सो जानकारी यसअघि नै दक्षिण कोरियाको सैनिकले पनि दिएको थियो ।

देशको उत्तरतर्फको समुद्रीकिनारबाट गएको सो क्षेप्यास्त्र जापानतर्फ लागेको थियो । सो क्षेप्यास्त्रले कम्तीमा पनि ५०० किलोमीटरको दुरी तय गरेको जानकारी पनि गराइएको थियो ।

उक्त परीक्षणपछि बुधबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसेको थियो ।

उक्त बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको यस्तो प्रचारात्मक र उत्तेजक व्यवहार कारबाहीको दायरामा पर्नुपर्नेमा जोड दिएको थियो ।