अल विदा विरेन्द्र

अल विदा विरेन्द्र
समाचार

“मेरो बाबुलाई उठ्न भन्नुन मैले भनेको मानेन, यति धेरै मान्छेले भने पछि त मान्छ की”? यी भनाई अगष्ट २५ तारिका दिन प्रहरिको गोली लागी मारिएका विरेन्द्र ठकुरीको आमा सानु ठकुरीले छोराको अन्तिम श्रद्धाञ्जली हुदै गरेको कार्यक्रममा बर्बराउदै बोलेकी हुन् ।


प्रहरिको गोलीबाट आठ दिन अघि मारिएका विरेन्द्रको आज कोलोराडोको थ्रोन्टन स्थित डेविड एण्ड टेबलर यूनरलमा अन्तिम दाह संस्कार गरिएको छ । उक्त घटनाको कारण अहिले सम्म थाहा भएको छैन । अनुसन्धान जारी रहेको बताईएको छ ।

विरेन्द्रको संझना र मृत आत्माको चिर शान्तिकोलागी १ मीनेट मौन धारणा गर्दै सुरु भएको श्रद्धाञ्जली सभा, पाष्टर बबले क्रिश्चियन धार्मिक परंपरा अनुसार बाईबलका भनाईहरु राख्दै आगाडी बढाएका थिए । विरेन्द्रका धर्म दिदी अन्जुला अधिकारी, पाष्टर ब्रस थोमस, ठुलीआमा सान्ता साप्कोटा, उनी संगै कामगर्ने साथी लोरी, साथी कर्मा शेर्पा लगायतले उनी संग बिताएका समयहरुको स्मरण गरेका थिए । त्यस्तै विरेन्द्रको आमा सानु ठकुरीले छोरा सहिद भएको भन्र्दै छोरालाई न्याय दिलाएर छाड्ने बताएकी थिईन् ।

त्यसैगरी कार्यक्रममा लछुमन राना, रमेश गुरुङ, बुद्धी लामीछाने लगायतका बक्ताहरुले विरेन्द्र प्रति श्रद्धान्जलि अर्पण गर्दै अमेरिका जस्तो प्रजातान्त्रिक देशमा घटना भएको आठदिन सम्मपनि घटनाको कारण सार्वजनीक नहुनु उदेक लाग्दो रहेको भनेका थिए । यस घटनाले संम्पूर्ण नेपालीलाई एकजुट परेको भन्दै बिरेन्द्रले न्याय पाउनुपर्ने बताएका थिए । उनीहरुले कानुनी लडाईकोलागी गोफन्ड खोलिएको र यसमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।

श्रद्धान्जली सभामा गन्यमान्य, बुद्धिजिवी, नेपाली संघ संस्थाका प्रतिनिधी, विरेन्द्रका परिबार, आफन्त, स्थानीय अमेरीकन, उनका साथीहरु, पत्रकार, ब्यवसाही तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । श्रद्धान्जली सभापछि उपस्थित सबैले उनलाई फुलका गुच्छा खादा चढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी आमा सानु ठकुरी र धन पौडेलले नेपाली ढाकाको टोपी लगाई दिई नेपाली झण्डा ओडाएर नेपालीको पहिचाहन दिएका थिए । विरेन्द्रका मामा हरि ढकालले बिद्युतीय स्विच थिचेर विरेन्द्रलाई अन्तिम बिदाई गरेका थिए । कार्यक्रम बिनोद त्रीपाठीले सञ्चालन गरेका थिए ।

त्यसैगरी आजै साझ ७ः३०बजे बिरेन्द्रलाई गोली हानीएको ठाउं फेडल बुलुवार्ड र ११५ एभेन्यू नजिक चोकमा विरेन्द्रको संझना र आत्माको चिर शान्तिको लागी दिप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ ।

Post Comment