अमेरिकामा उल्लासका साथ तिज मनाईयो, यसरी तात्यो अमेरिका (भिडियो)

अमेरिकामा उल्लासका साथ तिज मनाईयो, यसरी तात्यो अमेरिका (भिडियो)
अमेरिका

युएसनेपाल न्युज,अमेरिका । स्वर्णिम भविष्यको सपना सहित रोजगारीको लागि अमेरिका पुगेका नेपाली दिदी बहिनीहरुलाई पनि तीजको रौनकले छोएको छ ।अमेरिकाको केन्टकी राज्यमा रहेको नेपालीहरुको संस्था अंकले तीज रमझम कार्यक्रमको आयोजना गरेको थियो।

लेजिंतन र त्यस वरपर बस्ने नेपाली दिदी बहिनी तथा दाजुभाईहरुको बाक्लो उपस्थिति थियो । नेपाली पहिरनमा सजिएर उपस्थित भएका नेपालीहरुले तीजको अवसरमा अमेरिकामा नेपाली लोकलयमा झंकार प्रस्तुत गरे र नाचे ।

सात सुमन्द्रपारी दुर देश अमेरिकामा बस्ने नेपाली दिदी बहिनी तथा दाजुभाईहरु एउटै मञ्चमा एकत्रित भएर दर खाएर नाचगान गरेका छन् । तीजको अवसरमा आप्रवासी नेपालीहरुले अमेरिकामा पनि नेपाली भेष भुषा,कला र संस्कृतिको छटा प्रस्तुत गर्न चुकेनन् ।
Video:

Post Comment