रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजनामा कोलोराडोमा आगामी अक्टोवर १३ तारिखका दिन (शनिवार) नेपालीहरुको महान पर्व दशैको अवसरमा साँस्कृतिक तथा शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै यसवर्षपनि आयोजना गरिएको उक्त कार्यक्रम सहभागी हुन चाहनेहरुले सेप्टेम्वर ३० सम्ममा आफ्नो नाम , ठेगाना र गाउने वा नाच्ने गितको बोल सहित नाम दर्ता गर्न सक्ने संस्थाले जनाएको छ ।
शुभकामना आदन प्रदान संगै साँझ रात्री भोज सहितको साँस्कृतिक कार्यक्रम समेत रहने छ ।
कार्यक्रममा सहभागिता जनाउन चाहानेले संस्थाका निम्न पदाधिकारीहरुलाई सम्पर्क गर्न सक्नेछन् ।
सम्पर्क फोन:
१. मणि बस्नेत फोन: 303 519 7002
२. आकाश राई फोन: 720 984 9226
३. प्रज्ञा गहतराज फोन: 720 514 0456
४. दीपक सुनुवार फोन: 720 662 8715
५: टिका पौडेल फोन: 303 704 8997