सेप्टेम्बर २९,अमेरिकाको डिसी महानगर क्षेत्रमा एक दशकभन्दा ज्यादा समयदेखि बस्दै आएका चित्रकार राजेन्द्र केसीद्वारा बनाइएका मेरिल्याण्ड चित्रकला प्रतियोगिता प्रदर्शनमा प्रथम स्थान हासिल गरेको छ ।
सन् २०१८ हाल सम्म उनले ६ वटा पुरस्कार प्राप्त गरि सकेका छन् । उपस्थित चित्रकला प्रतियोगितामा दर्शकहरुले केसीका चित्रकलालाई सर्बाधिक मन पराईएकोले उनी प्रथम भएका हुन् ।
निर्णायकको निर्णय बाट पनि उनि प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् । प्रथम स्थान को पुरस्कार सहित ५ सय डलर पनि प्राप्त गरेका छन् ।
दुई घण्टा भित्र बनाउनु पर्ने उक्त चित्रकलामा उनले बनाएको चित्रकला तुरुन्तै बिक्रि समेत भएको छ । कुइक पेंटिंग अर्थात् शिघ्र दृश्य चित्रकलामा उनले सबैलाई उछिन्दै प्रथम स्थान हासिले गरेका हुन् ।
जनवरी २०१८ को सुरुवात देखि मेरिल्याण्ड राज्यको एनापोलिसमा प्रथम स्थान ,भर्जिनियाको फल्स चर्चमा जनताबाट सर्बाधिक मन पराइएकामा प्रथम ,ग्रेट फल्समा ५ दिन सम्म चलेको प्रतियोगतामा निर्णायकको चयन बाट तृतीय ,जनताको मत तथा रोजाई बाट सर्बाधिक मन पराइएको तथा मेरिल्याण्डको हार्फोर्डमा सेप्टेम्बर २९ मा भएको प्रतियोगितामा जनताको रोजाई तथा निर्णायक बाट सहित प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
जावलाखेल घर भई झन्डै १० वर्ष भन्दा अगाडी सपरिवार अमेरिका आएका केसी अहिले अमेरिकामा चित्रकलामा जम्दै छन् ।
प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउँदा आफू भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउँदा निकै सकस भएको उनि बताउछन ।
अमेरिकाका स्थानीय विदेशी कलाकारहरू सँग हातेमालो गरे पछि आफू पनि विदेशीसँग अगाडी बढ्न मार्ग खुलेकोले केसी बताउद्छन । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न रहेका छन् ।