भारतीय च्रचित रियालिटी शाे बिग बाेसकाे चालु संस्करणमा नेपाली माेडेल अर्चना पनेरु प्रवेश गर्ने हल्ला चलेकाे छ ।अश्लील चलचित्र खेल्ने घाेषणा गरेर चर्चामा अाएकी पनेरुले साेही कारण नेपालकाे बसाई छाेडेर मुम्बई लागेकाे बताईन्छ । अर्चना गत महिनादेखि अामासँगै मुम्बई बस्दै अाएकी छिन । सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयाे पाेष्ट गर्न थालेपछि उनी चर्चामा अाएकी थिईन ।
छेस्काे र जिष्म चलचित्रमा अभिनय गरेपनि क्यारियर बनाउन नसकेकी अर्चना पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन ।
चर्चा चले अनुसार, बिग बाेसमा प्रवेश पाउन अर्चनाले मुम्कईमा कसरत गरिरहेकी छिन । शुरुअातमा नै प्रवेश पाउन खाेजिएपनि उनले पहल गर्दासम्म प्रतियाेगी छनाैटकाे समय सकिएकाेले वाईल्ड कार्ड ईन्ट्री काे माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी छिन ।
भारतमा समेत नेपाली शनि लियाेनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही अाधिकारिक कुरा बिग बाेसबाट सार्वजनिक भएकाे छैन । नेपालबाट हालसम्म एकजना महिला मात्रै बिग बाेसमा सहभागी भएकी छिन ।
हाल जेल जीवन बिताई रहेका कुख्यात अपराधी चार्ल्स शाेभराजसंग बिहे गरेर चर्चा बटुलेकी निहिता विश्वास बिग बाेसकाे सिजन ५ मा प्रवेश गरेकी थिईन । यद्दपी उनकाे प्रदर्शन भने खासै रहेन ।उनी छाेटाे समयमा नै अाउट भएकी थिईन । बिग बाेसकाे याे सिजन जाेडी विरुद्ध सिंगलकाे थिममा शुरु भएकाे थियाे ।