गुगलले प्रयोगकर्ताहरूको स्थान पत्ता लगाउने क्रममा डेटा सुरक्षासम्बन्धी यूरोपेली कानुनहरूको उल्लङ्घन गरेको आरोप लागेको छ।
यूरोपका सातवटा उपभोक्ता अधिकारवादी सङ्गठनहरूको समूहले आ-आफ्ना देशका डेटा सुरक्षा नियामक निकायहरूसमक्ष गुगलको ट्रयाकिङ प्रणाली विरुद्ध उजुरीहरू दायर गर्ने बताएका छन्।
गुगलले प्रयोगकर्ताहरूको राजनीतिक विचार, धर्म तथा यौनिकताबारे जानकारी खुलाउने खालका तरिकाहरू अपनाएर प्रयोगकर्ताको व्यक्तिगत जीवन बारे सूचना सङ्कलन गरेको आरोप ती उपभोक्ता अधिकारवादी संगठनहरूले लगाएका छन्।
ती सातवटा सङ्गठनहरू ब्रसल्समा यूरोपेली उपभोक्ता अधिकारवादी समूहहरूको प्रतिनिधित्व गर्ने र तिनका पक्षमा वकालत गर्ने एउटा छाता सङ्गठन बीइयूसीका सदस्य हुन्।
ती उपभोक्ता सङ्गठनहरूको गठबन्धनका एकजना सदस्यले गरेको अनुसन्धानका आधारमा उजुरीहरू लागिएको छ।
उक्त अनुसन्धानमा गुगलले मानिसहरूलाई स्थान पत्ता लगाउने प्रणाली प्रयोग गर्न बाध्य पारिएको भनिएको छ।
गुगलले ट्रयाकिङ स्वतः बन्द भएको र प्रयोगकर्ताहरूले जुनसुकै बेला बन्द गर्न सक्ने बताएको छ।