नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

समाचार

narayan-man

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुख ओनसरी घर्ती आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा परेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताउनु भयो ।

सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता नर्ग लागीएको र यसले नेपालको हित नगर्ने भन्दै उहाले आप्पती जनाउनु भयो । सो बिधेयक संसदमा प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको उहाको भनाई छ ।

उहाँले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको उहाँले बताउनु भयो ।दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उहाँको टिप्पणी छ । स्थानिय निकायको निर्वाचन १४ अञ्चल ७५ जिल्लाकै आधारमा गर्नुपर्नेमा उहाले जोड दिनुभयो । अर्को प्रशंगमा बिजुक्छेले भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको धारणा राख्नुभयो ।