काठमाडौ, १४ भदौ । आज बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्रा्ष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि आज बेपत्ता आयोग लगायत सरोकारवाला निकायहरुले विभिन्न कार्याक्रमहरुको आयोजना गरेका छन्
गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाउने कार्य मानवअधिकारको ठाडो उल्लंघन हो ।
नेपालमा अहिले लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठन भएको बेपत्ता आयोगले काम गरिरहेको छ । आयोगमा २ हजार ८ सय ४६ जनाको उजुरी परेको र अहिलेसम्म २ हजार ८ सय ७० जना बेपत्ता भएको तथ्यांक छ । सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्थाको पहलमा यो दिवस मनाउन थालिएको हो ।