अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र भारतका लागि अमेरिकी
पूर्वराजदूत निक्की हेली विश्व बैंककाे अध्यक्ष पदका लागि उठ्न सक्ने जनाइएकाे छ । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार विश्व बैंकका अध्यक्ष जिम योंग किम हटेपछि उनीहरु दुवैजना सो पदका लागि उठ्न सक्ने बताइएको छ ।
करिब १ वर्षको कार्यकाल बाँकी रहदै अध्यक्ष किमले राजीनामा दिने घोषणा गरेपछि आइतबार बैंकको बोर्ड बैठकले अप्रिलसम्ममा पदपुर्ति गर्ने निर्णय गरेको छ । त्यसका लागि फेब्रुरीसम्ममा अध्यक्ष पदका लागि उम्मेदवारहरुको नाम दर्ता गर्ने भएको छ ।
अकेरिकी ट्रेजरी डिपार्टमेन्टका अनुसार अहिले कुनै पनि व्यक्तिको उम्मेदवारी दाबी गरिएको छैन् । तर डिपार्टमेन्टकै एक प्रवक्ताले भने अध्यक्ष पदका लागि इवाङ्का र निक्कीलाई सिफारीस मिलिसकेको बताएका छन् ।