अवश्वेत युवाको हत्या गर्ने सिकागोका पूर्वप्रहरी अधिकृतलाई ८१ महिना जेल सजाय

अवश्वेत युवाको हत्या गर्ने सिकागोका पूर्वप्रहरी अधिकृतलाई ८१ महिना जेल सजाय
अमेरिका

अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ ।

सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीहरुले जनाएका छन् ।

श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ बर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो । घटना भएको सिकागो शहर अमेरिकाको तेस्रो ठूलो सहर मानिन्छ ।

म्याकडोनाल्डले सन् २०१४ को अक्टोबर २० तारिखको रातमा एउटा ट्रकमा तोडफोड गरेको उजुरु परेको थियो । त्यतिबेला भान डिके एक जना प्रहरी अधिकृतका रुपमा कार्यरत थिए ।

एकदिन लामो सुनुवाईपछि न्यायधिशहरुले ती व्यक्तिलाई छ बर्ष नौ महिना लामो जेल सजायको फैसला सुनाएका हुन् । कारावासमा उनले आफ्नो व्यवहार सुधारेमा आधा मात्रै सजाय पनि हुन सक्ने फैसलामा उल्लेख गरिएको छ ।

Post Comment