अमेरिकाको सबैभन्दा महँगो घर खरिद गर्ने व्यक्ति

अमेरिकाको सबैभन्दा महँगो घर खरिद गर्ने व्यक्ति
अमेरिका

अमेरिकाको म्यानहटन शहरको एक अपार्टमेन्ट दुई सय ३८ मिलियन डलर (२७ अर्ब रुपैयाँ) मा बिक्रि भएको छ ।

यसका साथै यो अमेरिकामा बिक्रि हुने अहिलेसम्मको सबैभन्दा महँगो घर बनेको छ ।

यो चार तल्ले भवन २२० सेन्ट्रल पार्क साउथमा रहेको छ । यसलाई अत्यधिक महँगो इलाका मानिन्छ ।

यो घरलाई अर्बपती केन ग्रिफिनले खरिद गरेका हुन् । ग्रिफिन हेग फन्ड इन्भेस्टमेन्ट कम्पनी सिटाडेलका संस्थापक हुन् ।

५० वर्षका ग्रिफिनले सोमबार नै लण्डनको बकिंघम प्यालेस नजिकैको महँगो घर खरिद गरेर चर्चा बटुलेका थिए । यो घरको मूल्य १२४ मिलियन डलर ( १४ अर्ब रुपैयाँ) थियो ।

यसबाहेक ग्रिफिनको नाममा मिआमीमा पनि सबैभन्दा महँगो घर खरिद गरेको रेकर्ड छ, जहाँ उनले सन् २०१५ मा ६० मिलियन डलर (६ अर्ब रुपैयाँ)  मूल्यको घर खरिद गरेका थिए । उनको शिकागोमा तीन महँगा घर, फ्लोरिडाको पाम बीचमा ६ र हवाईमा दुई घर छन् ।

सेन्ट्रल पार्कको यो घरअघि अमेरिकाको सबैभन्दा महँगो घर सन् २०१४ मा १३७ मिलियन डलर (१५ अर्ब रुपैयाँ) मा बिकेको थियो ।

Post Comment