अमेरिका र रुसबीच टकराव, ट्रम्पले दिए मडुरोलाई चेतावनी

अमेरिका र रुसबीच टकराव, ट्रम्पले दिए मडुरोलाई चेतावनी
समाचार

भेनेजुएलाको विषयमा अमेरिका र रुसको मतभेद बढ्दै गएको छ ।

मंगलवार रुसका परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभले आफ्ना समकक्षी अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओलाई भेनेजुएलामा बल प्रयोग गर्ने कुनै पनि धम्की र अमेरिकी हस्तक्षेपविरुद्ध कडा चेतावनी दिएका थिए । रुसको धम्कीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा सैन्य हस्तक्षेपको विकल्प खुला रहेको बताए ।

ट्रम्पले यो बयान कोलम्बियाका राष्ट्रपति इभान डुकेसँग ह्वाइट हाउसमा चलेको लामो बैठकपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा दिएका हुन् ।

निकोलस मडुरोलाई चेतावनी दिँदै मानवीय सहायता रोकेमा गम्भीर परिणाम भोग्नुपर्ने ट्रम्पले बताए । मानवीय सहायता रोक्नु भनेको मानवताविरुद्धको अपराध भएको उनको भनाइ थियो ।

Post Comment