कोलोराडो च्याप्टर उपाध्यक्ष कार्कीद्वारा च्याप्टरको अध्यक्षमा उम्मेदवारी घोषणा

अमेरिका

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका को १९-२१ को जुनमा हुने निवार्चनका लागि उम्म्देवारी घोषणा तिब्र हुन थालेको छ । यसै क्रममा कोलोराडोबाट च्याप्टरको उपाध्यक्ष तथा एनआरएन हेल्प डेस्क कोलोराडो च्याप्टर संस्थापक संयोजक कुमार जंग कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

एनआरएन कोलोराडो च्याप्टरमा दुई कार्यकाल कार्यरत कार्की कोलोराडोमा सामाजिक, साहित्यिक अनि खेलकूद गतिविधिहरुमा बिगत १२-१३ बर्ष देखी सहभागीता जनाइ बिभिन्न संघ संस्थामा सक्रिय रूपमा रही कार्य गर्दै आउनु भएको छ ।

USNEPAL NEWS को अध्यक्षमा उम्मेवारी किन भन्ने प्रश्नमा कार्की भन्छन: युवाहरूक़ो सक्रिय सहभागिता अनि समर्थन, अग्रज मान्यवरहरूक़ो मार्गदर्शन अनि आशीर्वाद, समकालिनहरूक़ो ऊर्जाशील सहयोग, सूझाबहरूलाई आत्मसात गर्दै एनआरएनलाई सबै तह र तप्काको सहज पहुँचमा पूर्याइ सबैको अपनत्वको बोध हुनेगरी एनआरएनको मूल प्रवाहमा ल्याउनको निमित्त र हाम्रो एनआरएनलाई राम्रो एनआरएन बनाउन बींधी र प्रक्रियामा सुधारका साथ अझ पारदर्शिताका लागि हो मेरो उम्मेवारी।

कार्की थप्छन एनआरएनको अभियानमा लाग्दा “हामी भूतपूर्व नेपाली होईनौ – एक पटकको नेपाली सधैको नेपाली हौ” भन्ने कुरालाई ब्यावहारिक अनि क़ानूनी तवरले स्थापित गर्न बुलंद आवाज़ उठाऊनु पर्दछ भन्ने मेरो मान्यता हो। हाम्रा भावी पुस्ताको नेपालसंगको सम्बंधलाइ अटूट अनि तरोताज़ा बनाई राख़्न एनआरएनले अहम भूमिका ख़ेल्न सक्दछ र खेल्नू पनि पर्दछ भन्ने मान्यतामा मेरो अटल विश्वास रही आएको छ । यसका लागि एनआरएनले पूलको रूपमा कार्य गर्नुपर्दछ।

आफ्नो सामाजिक गतिबिधीलाई खुल्ला किताब सरह रहेको दाबी गर्ने कार्की कोलोराडोमा प्रस्तावित नेपाली कम्यूनिटी सेण्टरको प्रोजेक्टको लागि सक्रिय रुपमा लागि परेको कुरा गर्वका साथ सफल वनाउन एनआरएनको मार्फत कुनै कसर नछोड्ने बताउँछन ।

“यो हाम्रो कर्मभूमी अमेरिकामा अल्पसंख्यकमा रहेका हामी नेपाली अमेरिकनहरूक़ो हक़ र हितको सुरक्षार्थ एनआरएनले एक्यवद्वता जाहेर गरेर अगाडी बढ़नुको विकल्प छैन । एनआरएन जस्तो गरिमामय ग्लोबल संस्थाले स्थानीय संस्थाहरू संग प्रतिस्पर्धी नभई सहकार्य गरेर अगाडी बढ़नेछ ! यस्तो गरिमामय संस्थाको च्याप्टरको अध्यक्षको उम्मेद्वारीको घोषणा सेवा गर्ने प्रतिबद्वताका साथ सगर्व गर्दछु र सबै संग सहयोगको लागि आग्रह गर्दछु ।”

नेपालको ओखलढूँगामा जन्मी सन २००४ देखी  कोलोराडोमा बस्दै आउनु भएका कार्कीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

USNEPAL NEWS लाई प्राप्त उम्मेवारीहरुको आधिकारिक घोषणा अनुसार एनआरएन कोलोराडो च्याप्टरको अध्यक्षमा कार्की एक मात्र उम्म्देवारी हुन ।

Post Comment