अमेरिकाले प्रतिबन्ध नलगाउने

अमेरिकाले प्रतिबन्ध नलगाउने
अमेरिका

अमेरिकाले  बोइङ ७३७ म्याक्सको उडानमा प्रतिबन्ध नलगाउने जनाएको छ ।

अमेरिकाको फेडरल एभिएसन अथोरिटीले उक्त मोडेलका विमानहरु ‘ग्राउन्डेड’ गर्नुपर्ने कुनै आधार नभएको भन्दै उडानमा प्रतिबन्ध नलगाउने जनाएको हो ।

सन् २०१७ मा व्यावसायिक उडान सुरु गरेको बोइङ ७३७ म्याक्स मोडेलका विश्वभर ३५० ओटा विमानले व्यावसायिक उडान गर्दै आएका छन ।

पाँच महिनायता उक्त मोडेलका विमान दुईओटा दुर्घटना भएपछि विश्वका ८ देशले प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

Post Comment