बचत सुरक्षित राख्न नसक्ने बैंकलाई गभर्नरको चेताननी

समाचार

b594a23eff5de2b5ca1534251d28587a

काठमाडौ, भदौ १७ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय

संस्थालाई कारबाही गर्ने बताएका छन् ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन कार्यक्रममा उनले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराए ।

“जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,” उनले भने । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको रु एक अर्ब ८१ अर्ब पँुजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए ।

हाल बैंकले रु १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने रु ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।