अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाउन नेपाली कांग्रेस अमेरिका जनसम्पर्क समितिले एक समिति गठन गरेको छ ।
समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको पत्नीको उपचार खर्च अमेरिकास्थित नेपाली दूतावासले व्यहोर्ने विषयमा पनि ध्यान आकर्षण भएको जनाउँदै नेपालीको कर र विप्रेषणको रकमको दुरुपयोग नगर्न चेतावनी दिएको छ । मञ्चले उक्त खर्चको पारदर्शीताका साथ हिसाबकिताब देखाउन माग पनि गरेको छ ।