नेपालको बुहारी बन्दैछिन् श्रद्धा कपुर, को हुन् रोहन श्रेष्ठ ?

नेपालको बुहारी बन्दैछिन् श्रद्धा कपुर, को हुन् रोहन श्रेष्ठ ?
मनोरन्जन

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी छन् । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् ।

शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति पाइसकेकी छिन् । उनले चाँडै विवाह गरे उपयुक्त हुने सुझाव समेत परिवारबाट पाएको समाचारमा उल्लेख छ ।

रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् ।  दुबैले एक अर्कालाई लामो समयदेखि चिन्दछन् ।३४ वर्षे रोहनको मूलघर काठमाडौं हो । उनका बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीमा रुची राख्ने राकेश मुम्बई गएर सेलिब्रिटीको फोटो खिच्न थाले र उतै चर्चित भए ।

रोहनको जन्म भारतको मुम्बईमा भएको हो । उनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । उनले बुवाको पेशालाई पछ्याउँदै आफू पनि यही क्षेत्रमा स्थापित भए ।

रोहनले फिल्मफेयर, इन्डिया जिक्यू, फेमिना, कस्मोपोलिटन, पिपल आदिका कभर फोटोसुट गरिसकेका छन् । उनले बलिउडका शीर्ष कलाकारको फोटोसुट पनि गरिसकेका छन् ।

केही समयअघि श्रद्धाकै आग्रहमा रोहनले फहरान अख्तरसँग काम गर्न अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो ।

बलिउडका लागि पछिल्लो वर्ष विवाहको मौसम रह्यो । सोनम कपुर–आनन्द अहूजा, दीपिका पादुकोण–रणबीर सिंह, प्रियंका चोपडा–निक जोनसजस्ता सेलिब्रिटीले सन् २०१८ मा विवाह गरे ।

Post Comment