आज कोलोराडोमा होली खेलिँदै

आज कोलोराडोमा होली खेलिँदै
अमेरिका

कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक-आपसमा रंग लगाई हर्सोउल्लासका साथ आज मनाउदैं छन ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन शहर स्थित सनातन मन्दिरमा आयोजन हुने कार्यक्रममा होली पर्व प्रती आस्था राख्ने संपुर्ण व्यक्तित्वहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ ।

बिहान ११ बजे देखी सुरु हुने कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन हुने छ । नेपाली घरका अध्यक्ष लछुमन रानाले संस्थाको निमन्त्रण यदी कसैले सुचनाको अभाबमा पाउनु भएको छैन भने यसैलाई निमन्त्रणा स्विकार गर्दै कार्यक्रममा सहभागी भैदिनु हुन अनुरोध गरेका छन ।

होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त  कोलोराडो वासीहरु उत्साहका साथ मनाउन जुटेको हुन ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।

नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होली सुरु भएको मानिने र पुर्णिमा कै दिन मनाउन कुनै बर्ष सम्म्भब नहुने भएका ले सप्ताहान्त्यमा मनाउने गरिएको छ । नेपाली घरले विगत १० बर्ष देखी होलीको कार्यक्रम गर्दै आइरहेको छ ।

Post Comment