एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवारी घोषणा गरेका सञ्जय थापाले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका न्यूयोर्क निवासी थापाले अमेरिकामा रहेका सवै नेपालीको साझा संस्था बनाउने योजनासहित मत मागिरहेका छन् ।
गत महिना अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका थापा सन २००७ देखि अमेरिकामा रहँदै आएका छन् ।
‘आफ्नो मेम्बर आफैं बनौं, आफ्नो भोट आफैं हालौं’ भन्ने चुनावी नारा सहित अगाडी बढिरहेका थापा सन् २०१७ मा बोर्ड अफ डाइरेक्टरमा विजयी भएका थिए ।
थापाले अमेरिकी एनआरएनलाई अझै वढी स्वच्छ सफा र निर्वाचनलाई पारदर्सी गराउने कुराको लागि निर्वाचन आयोगसंग पाँच ओटा मुख्य मागसमेत अघि सारेका छन् ।
क. one Device (IP) onr vote गर्नुपर्ने ।
ख. Verification code सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनुपर्ने ।
ग. अध्यक्षको उमेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नुपर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनु पर्ने ।
घ. निर्वाचन आयोगको कुनैपनि सदस्यले Software को Adimin र access लिन नपाउने ।
ङ. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नुपर्ने ।
सन् २०१७ मा निकै कठिन अवस्थामा समेत चुनाव जितेका थापा ले आफ्ना एजेण्डा र विगतका कामलाई हेरेर मतदाताहरुले माया गर्नेछन् भन्ने विश्वासका साथ यस पटक अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताउँछन् ।
को हुन् सञ्जय थापा
बिसं २०२१ सालमा काठमाडौंको गोकर्णमा जन्मिनुभएका थापा ०५४ सालको आमचुनावमा जिल्ला विकास समिति काठमाडौँको निर्वाचित सदस्यका रुपमा समेत काम गरेका छन् ।
खासगरि, भूकम्पपछि टीपीएसमा उनले खेलेको भूमिकालाई महत्वपूर्ण रुपमा हेर्ने गरिएको छ । सन २०१५ को नेपालमा आएको माहा भुकम्पको कारण अमेरिकी कानुन वमोजिम अस्थाई सुरक्षण स्टेयाटसमा (TPS) मा वस्न काम गर्ने पाउने कानुनको वारेमा जानकारी पाए पछी नेपाल सरकार र राजदुतलाई कन्भेन्स गरी सरकारको तर्फवाट अमेरिकी सरकारमा लिखित अनुरोध गर्न लगाउने कुरामा उहॉको महत्वपुर्ण भुमिका रहेको कारण करिव १४,००० नेपाली कानुनी रुपमा वस्ने पाउने अवस्था भएको छ ।
वैचारिक रुपमा प्रवासी नेपाली मञ्चको संस्थापक भए पनि थापालाई सबै विचार र पक्षको भावना बोक्ने अभिभावकको रुपमा लिने गरिएको छ । त्यसैले पनि थापालाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।