ए मेरो हजुर-३ : पोखरामा आक्रमक व्यापार, सिंगल स्किृनमा ८० प्रतिशत अकुपेन्सी

ए मेरो हजुर-३ : पोखरामा आक्रमक व्यापार, सिंगल स्किृनमा ८० प्रतिशत अकुपेन्सी
मनोरन्जन

शुक्रबारबाट रिलिज भएको फिल्म ए मेरो हजुर-३ ले पोखरामा आक्रमक व्यापार गरेको छ ।

सभागृह स्थित मिडटाउन सिनेमाज्मा शुक्रबार मध्यम रहेको व्यापार शनिवार बिहानी शो देखी दर्शकको भिड लागेको छ ।

बिहानी शोमा यतिका मान्छे कमै मात्र हुने गर्दछन् मिडटाउन सिनेमाज्का म्यानेजर बिबेक श्रेष्ठले भने,‘धेरै पछि नेपाली फिल्म हेर्न दर्शकहरु हलमा आइपुगेका छन् ।’

उनका अनुसार दिउँसो १ः२० बजेको शोमा ८० प्रतिशत रहेकोमा ३ः४५ बजेको शो हाउस फुल भएको छ ।

‘केही मात्रै सिट बाँकी छ बल्ल ४ बज्दैछ, साँझको ७ः१५ बजेको शो हाउसफुल हुन्छ’, उनले भने । मिडटाउनमा फिल्मले ५ शो पाएको छ ।

यता क्युएफएक्स पोखरा सिनेप्लेक्समा पनि दर्शकहरुको भिड लागेको बिहानै देखीको शो हाउसफुल रहेको छ । फिल्मले क्युएफएक्समा ६ शो पाएको छ ।

सिंगल स्किृनमा पनि दिनभर ८० प्रतिशत अकुपेन्सीको व्यापार रहेको विन्दवासीनी हलका संचालक उत्तम द्धाले जानकारी दिए । बिहानी शोमा दर्शकको संख्या उच्च रहेको उनले बताए ।

 

Post Comment