नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना, गहिरो सहकार्य हुने अपेक्षा

नेपाली नयाँ वर्षमा अमेरिकाको शुभकामना, गहिरो सहकार्य हुने अपेक्षा
अमेरिका

नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ सालको अवसरमा अमेरिकाले नेपाललाई शुभकामना दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले ट्वीटरमार्फत एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘हामी दुई देशहरुको मित्रता इतिहास लामो छ । भविष्यका खातिर स्वतन्त्र र खुला व्यवस्था साझा स्वार्थको रुपमा रहँदै आएको छ’ ।

अमेरिकास्थित जोशिलो नेपाली डायस्पोरा दुई देशबीचको त्यो सम्बन्धको एउटा प्रमाण रहेको ओर्टागुसले उल्लेख गरेकी छिन् ।

‘यो नयाँ वर्षमा नेपालसँग क्षेत्रीय र ग्लोबल मुद्दाहरुमा अझ गहिरो सहकार्य हुने अपेक्षा गर्दछौं’, उनले भनेकी छिन् ।

Post Comment