एनआरएन अमेरिका निर्वाचन: अध्यक्षमा सञ्जय थापाको उम्मेदवारी दर्ता

एनआरएन अमेरिका निर्वाचन: अध्यक्षमा सञ्जय थापाको उम्मेदवारी दर्ता
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका बोर्ड अफ डाइरेक्टर सञ्जय थापाले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

आगामी दुई बर्षे कार्यकालका लागि उम्मेदवारी दर्ता गर्नुभएका थापाले एनआरएनए अमेरिकालाई सवै नेपालीको साझा संस्थाका रुपमा अघि बढाउने अठोटसहित निकै मर्मस्पर्सी अपिल जारी गर्नुभएको छ । एनआरएनए अमेरिकामा बिगतमा भएका त्रुटी सच्याएर सवैलाई समेटने घोषणासहित थापाले आगामी निर्वाचनमा मतदान गरी बिजय बनाउन अपिल गर्नुभएको छ ।

‘दुःखका साथ भन्नु पर्छ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो भइसकेको छैन । यसलाई अपेक्षित बनाउन अझै धेरै गर्न बाँकी नै छ । हाम्रो समुदायलाइ यो त्यो ढंगले विभाजित र कम्जोर पार्ने तमाम पहल र प्रयत्नलाई सम्पूर्ण रुपमा निस्फल पार्नु र सवैलाई एकतावद्ध गर्नुपर्ने एनआरएनको प्रमुख कार्यभार सम्पन्न गर्न हामी एकपटक फेरी प्रतिवद्ध रहनै पर्नेछ र त्यसो गर्न एनआरएन बुझेको , जानेको र यो सबैको हो भने मानेको नेतृत्व अनिवार्य छ । त्यही सत्यको मनन गर्द, यहाँहरुको सबैको भावना अनुसारको एनआरएन ग्यारेण्टी गर्न एक पटक आफैंले नेतृत्व सम्हाल्नु पर्ने अवस्था आएको महशुस गरको हुनाले यहाँहरु सबैको साथ , सहयोग रहने विश्वास सहित एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेदवारी मनोनयन गरको छु,’ थापाले भन्नुभएको छ ।

अध्यक्षका प्रत्यासी थापाको अपिल

आदरणीय दाजुभाइ दिदि बहिनिहरु हार्दिक अभिवादन

आपसी सुख दुखमा साथ रहने, आफ्नो र आफ्नाहरुको स्वार्थ भन्दा समाज र सामाजिक हितलाइ महत्वपूर्ण मान्ने हामी नेपालीहरुको संस्कार हो भन्ने हामीले प्रमाणित गरेकै छौं िआफुलाई सदैव समाजको उन्नति प्रगतिमा लगाउँदा जीवन सार्थक हुन्छ भन्ने शिक्षाले गर्दा जीवन र जगत बुझे देखि यो वा त्यो ढङ्गले म पनि समाजको हित हुने काममा क्रियाशील रहँदै आएको छु । चाहे जन्मभुमि नेपालमा हुँदा होस, वा उच्च शिक्षा हासिल गर्न भारत बस्दा होस वा अहिले अमेरिकामा रहँदा होस आफुले जानेसम्म र सकेसम्म आफुलाई समाज उपयोगी बनाउदै आएको छु ।

आफ्नो समय, योग्यता, क्षमतालाइ समाजको हितमा यो वा त्यो ढंगले प्रयोग गर्दै आएको यहाँहरुलाइ सर्वविदित नै छ । त्यही क्रममा कहिले मातृभूमिमा निरकुंश पंचायती व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण आन्दोलनको मोर्चामा लागियो त कहिले प्रवासी नेपाली विद्धार्थीको हक हित र सहजताको ग्यारेण्टी गर्ने अभियानमा लागियो िकहिले जनप्रतिनिधिको रुपमा आफ्नो गाउँ ठाउँको विकास र जनतालाइ सुशासनको ग्यारेण्टी गराउने मोर्चामा त कहिले निरङ्कुश राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापनार्थ संचालित शान्तिपूर्ण जनआन्दोलनको मोर्चामा सक्रिय सहभागी भइयो ।

अनि पछिल्लो बर्षहरुमा अमेरिकाको नेपाली समुदायको सेवामा लागिरहेको, यहाँका नेपालीहरुसंग काँधमा काँध मिलाएर हिंडेको तथ्य त यहाँहरु सवैको सामु प्रष्टनै छ । अमेरिकामा क्रियाशील अग्रणी सँस्था प्रवासी नेपाली मंचको बिभिन्न जिम्मेवारीमा रहेर मैले नेपाली समुदायको हितमा गरेको कामको वारेमा यहाँहरु सबै जानकारनै हुनुहुन्थ्यो मैले उक्त संगठनको प्रमुखको रुपमा पनि एक कार्यकाल विताएको र त्यो क्रममा मातृभुमिमा नेपाल देखि कर्मभूमि अमेरिकासम्म बस्ने नेपाली दाजुभाइ दिदि वहिनीहरुको हितका खातिर दत्तचित्त भएर लागेको सवैका सामु प्रष्ट भएकै हुनाले यहाँहरुले मलाइ अत्याधिक मत सहित हामि सबै आशा र भरोशाको केन्द्र, सबैको साझा सँस्था एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा विजित बनाउन भएकै हो ।

मत र विश्वासको कसीमा उत्रिन मैले आफुले योग्यता, क्षमताले भ्यायसम्म इमान्दारीसाथ काम मात्रै गरिन । त्यसको अलावा एनआरएन जस्तो साझा सँस्थाको जिम्मेवार पदमा हुँदा कसरी सवै साझा हुनुपर्छ । कसरी विगतको आवद्धताले वर्तमानलार्इ निर्देश गर्नु हुदैन भन्ने पनि प्रमाणित गरेर देखाएको छु ।

एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर मात्रै हुँदा पनि मैले मूल नेतृत्वमै रहेको जत्तिकै समय दिएँ भन्दा यहाँहरुले खण्डन गर्नु हुनेछैन वा भनौं गर्न सक्नु हुनेछैन । चाहे त्यो हेल्प डेस्कमा रहेर खेलेको भूमिका होस वा गैर आवासीय नेपाली नागरिकता ऐन सबैको हित अनकुल बनाउन नेपालसम्म गएर गरको लविङ्ग होस वा सँस्थाको हरेक गतिविधि विश्वसनीय र सर्व स्वीकार्य हुने गरि गरिनु पर्छ भनेर अन्तर संगठनमा गरको अनवरत संघर्ष होस सबै यहाँहरुका सामुन्ने नै छन । मैले भन्नै पर्छ मैले जे गरेँ त्यो सबैको निम्ती गरेँ अनि सबैको माया , साथ र समर्थन भएकोले नै गरें । हामी सबैलाइ थाहा छ अहिले फेरी एक पटक एनआरएन अमेरिकाको नया नेतृत्व छनोटको समय आएको छ ।

यसको नेतृत्व तहमा सेवाभाव भएका असल र अनुभवी व्यक्तिहरुको छनोट हामी सवैको साझा दायित्व रहेको छ । दुःखका साथ भन्नु पर्छ कि विविध कारणले एनआरएन अमेरिका हामीले अपेक्षा गरेको जस्तो भइसकेको छैन । यसलाई अपेक्षित बनाउन अझै धेरै गर्न बाँकी नै छ । हाम्रो समुदायलाइ यो त्यो ढंगले विभाजित र कम्जोर पार्ने तमाम पहल र प्रयत्नलाई सम्पूर्ण रुपमा निस्फल पार्नु र सवैलाई एकतावद्ध गर्नुपर्ने एनआरएनको प्रमुख कार्यभार सम्पन्न गर्न हामी एकपटक फेरी प्रतिवद्ध रहनै पर्नेछ र त्यसो गर्न एनआरएन बुझेको , जानेको र यो सबैको हो भने मानेको नेतृत्व अनिवार्य छ । त्यही सत्यको मनन गर्द, यहाँहरुको सबैको भावना अनुसारको एनआरएन ग्यारेण्टी गर्न एक पटक आफैंले नेतृत्व सम्हाल्नु पर्ने अवस्था आएको महशुस गरको हुनाले यहाँहरु सबैको साथ, सहयोग रहने विश्वास सहित एनआरएन अमेरिकाको अध्यक्ष पदमा उमेदवारी मनोनयन गरको छु ।

एनआरएन अमेरिकालाइ सकेसम्म सबैको बनाउन समावेशी तथा भौगोलिक सन्तुलन सहितको टिम अनिवार्य हुन्छ भन्ने बुझेको छु । यसमा आफ्नो तर्फबाट भूमिका खेलिरहेको छु । सबैसंग सहकार्यमा साझा सपनालाइ साकार पार्न सक्ने नीति, नेतृत्व र कार्यक्रमसहित यहाँहरुसंग विस्तृतमा आउनेनै छु । अहिलेको निम्ती यहाँहरुको आशिर्वाद , शुभकामना र सदासयताको अपेक्षा गरेको छु । निर्वाचन अभियानको दौरान यहाँहरुको विचमा आउने नै छु ।

यहाँहरुको साथमा एनआरएनको नेतृत्व गर्ने प्रतिवद्धतासहित सवै सकारात्म कामको सुरुवात आफ्नै घरवाट गर्न पर्छ भन्ने विष्वासका साथ छोरा पुजय थापा प्रस्तावक र छोरी सम्पुर्ण थापा समर्थक राखेर एनआरएनए एनसिसी युएसए वोर्ड (२०१९-२०२१) को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छु ।

Post Comment