बालुवाटारस्थित प्रधानमन्त्री निवास क्षेत्रका कब्जा गरिएको जग्गा सरकारले छिट्टै फिर्ता ल्याउने भएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतका अनुसार कब्जा गरिएको ११३ रोपनी जग्गा पिर्ता गर्नेबारेको सम्पूर्ण प्रस्ताव तयार भइसकेको छ।
मन्त्रालयले फिर्ताकोे प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने जनाएको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय भएसँगै विवादित जग्गाबारे विभिन्न समयमा मालपोत कार्यालयमार्फत व्यक्तिका नाममा जानेगरी गरिएका निर्णय खारेज हुनेछन् र सरकारको नाममा फिर्ता हुनेछन् ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीका अनुसार सम्पूर्ण विवादित ११३ रोपनी जग्गाको कित्ता पहिचान गरी सकिएको छ । मैनालीले भने, ‘विवादित जग्गामा ४ सयभन्दा बढी कित्ता पहिचान गरी जग्गा रोक्का गरिएको छ । जग्गा फिर्ताको प्रक्रियामा चलिरहेको छ ।’