पूर्वमन्त्री गुप्तालाई साथ दिएको आरोपमा इन्स्पेक्टर पक्राउ

समाचार

२१ भदौ, ललितपुर । महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल्न पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा इन्स्पेक्टर अनिल पण्डित पक्राउ परेका छन् । ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको टोलीले आज पक्राउ गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

म्यानपावर व्यावसायी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा प्रहरीले गएराति पूर्वमन्त्री गुप्तालाई पक्राउ गरेको थियो । करिब ५ महिना अगाडि भैंसेपाटी प्रभागको नेतृत्व गर्न पुगेका इन्स्पेक्टर पण्डितले रेग्मीसँग ७५ हजार लिइसकेको अनुसन्धानबाट खुलेको एसएसपी अधिकारीले बताउनु भयो ।

पूर्वमन्त्री गुप्ता व्यापारी पवन सांघाईको अपहरणमा दोसि प्रमाणित भई डिल्लीबजार कारागारमा रहेकाबेला ईनिस्पेक्टर पण्डितसँग चिनजान भएको प्रहरीले जनाएको छ । ललितपुरकी रेग्मीकै घरमा पार्टी कार्यलय खोलेर बसेका गप्ता जेलमुत्त भएपछि ईन्ीस्पेक्टर पण्डितसँग निरन्तर सम्पकर्मा रहेका थिए ।