भारतले अमेरिकाबाट आयत हुने विभिन्न २८ वटा वस्तुमाथि कर बढाएको छ । बदाम र स्याउ सहित विभिन्न २८ वटा बस्तुमाथी भारतले आजदेखि लागू हुने गरी ति बस्तुमा ७० प्रतिशतसम्म कर बृद्धि गरेको हो ।
अमेरिकाले निर्यात गर्ने आल्मुनियम र स्टीलमाथि कर बढाएपछि भारतले पछिल्लो कदम चालेको हो । भारतले गत वर्षकै जुनमा ती उत्पादनमा कर बढाउने निर्णय गरेको थियो । व्यापार सम्बन्धि वार्ता जारी रहेकाले कार्यान्वयन गरेको थिएन ।
भारतको अर्थ मन्त्रालयले पछिल्लो निर्णय सार्वजनिक हितका लागि भएको दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही महिनादेखि भारतमाथिको कर फिर्ता लिने घोषणा गरेका छन । तर त्यो लागू भइसकेको भने छैन ।
भारतले आफ्नो बजारमा अमेरिकी सामानलाई पहुँच नदिएको अमेरिकी आरोप छ । अमेरिकी तथ्यांक अनुसार सन् २००१ यता अमेरिका र भारतबीचको व्यापार एक सय ४२ डलर विलियनले वृद्दि भएको छ ।