अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने
अमेरिका

इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गर्ने भएको छ ।

अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक शानाहनले इरानी सेनाको प्रतिकूल व्यवहारका कारण मध्यपूर्वमा अमेरिकी सैनिकको तैनाथी बढाउने निर्णय गरिएको बताए ।

अमेरिकी जल सेना (नेभी) ले हालै ओमानको खाडीमा भएको तेलका दुई ट्यांकरमाथिको आक्रमणसँग सम्बन्धित केही नयाँ तस्वीरसमेत सार्वजनिक गरेको छ । तस्वीरमा आक्रमणमा परेको जापानी ट्यांकरबाट बाँकी रहेका बिस्फोटक पदार्थ इरानी सेनाले साना डुंगामा ओसारेको देखिएको छ ।

ट्यांकरमाथि भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, त्यसलाई इरानले अस्वीकार गर्दै आएको छ ।

Post Comment