कोमल वलीको माग: पशुपतिमा गाँजा खान पाउनुपर्छ

कोमल वलीको माग: पशुपतिमा गाँजा खान पाउनुपर्छ
समाचार

राष्ट्रियसभा सदस्य कोमल वलीले पशुपति क्षेत्रमा गाँजालाई खुला गरिनु पर्ने बताएकी छन्। बिहीबारको संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै वलीले पशुपति क्षेत्रमा गाँजा प्रतिबन्द लगाएको प्रति चासो राखेकी हुन् ।

‘विश्व अन्य देशमा पनि गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ?’ उनले प्रश्न गर्दै भनिन, ‘पशुपति क्षेत्रमा गाँजा रोक लगाउनु हुन्न ।’ पशुपति क्षेत्र विकास कोषले पशुपतिलाई दुर्व्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्द गरेको छ । प्रतिबन्धसँगै शिवरात्रि लगायतका पर्वमा गाँजा सेवन गर्न नपाइने भएको छ ।

पशुपति क्षेत्रको वन क्रिडास्थल बनेको भन्दै सांसदले चासो प्रकट गरेका थिए । वनमा युवायुवतीको डेटिङ स्पट र दुव्यर्सनीको अखडा बनेको उनीहरुले बताए ।

Post Comment