फिल्म ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङ छानिएकी छन् । क्रिस्टिना अभिनेत्रीका लागि अडिसनमार्फत छानिएकी हुन् । अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ प्रतियोगिलाई पछि पर्दै हिरोइनको रुपमा आफु छानिन सफल भएकी हुन् ।
फिल्मका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले अभिनेत्रीको रुपमा क्रिस्टिनाको नाम सार्वजनिक गरेका हुन् । आशुसेन फिल्म्सले बनाउन लागेको यो फिल्ममा क्रिस्टनाले अब ‘गीत’ नामक चरित्रको भूमिका निर्वाह गर्नेछिन् ।
फिल्मका लागि शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो फिल्मका लागि फाइनल भएका छन् । फिल्मको मुख्य अभिनेता र अन्य दुई बालकलाकारसहित निर्माण टिमले फिल्मको घोषणा तयारी गरेको छ ।